शेयर बजार आज ७ दशमलव १७ अंकले ओरालाे लाग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ,फागुन १४ । शेयर बजार कारोबार मापक नेप्से परिसुचक आज ७ दशमलव १७ अंकले घटेको छ ।


सबै समूहको उप–सुचक घटेसँगै समग्र नेप्से परिसुचक ११ सय २ दशमलव ५६ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । आज कारोबार रकम पनि झण्डै ४ करोड रुपैयाँले घटेको छ । १ सय ६५ कम्पनीको कारोबार भएकोमा १६ करोड ५६ लाख रुपैयाँ बराबरका ६ लाख ५३ हजार कित्ता शेयर किनबेच भएका छन् । आज सबैभन्दा धेरै अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले सबैभन्दा धेरै ७५ लाख ९७ हजार रुपैयाँ बराबरको कारोका गर्यो ।

दिनभरको कारोबारमा नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै ३ प्रतिशत कमाएको भएपनि जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले झण्डै ८ प्रतिशत गुमाएका छन् ।

सिफारिस