यसकारण स्थगित भयो संसदीय सुनुवाई समितिको बैठक

दियोपोस्ट संवाददाता

काठमाडौँ,फागुन १४ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ । सिंहदरबारमा मंगलबार अपरान्ह २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा। विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाईका लागि बोलाइएको समितिको आईतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सबै सांसदहरु उपस्थित नभएका कारण स्थथित गरिएको छ ।
यता, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका ४ जना सांसदहरुले भने प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ती आयोगहरुको पदाधिकारी सिफारिस गरेकाले मान्य नहुने भन्दै समितिको बैठक बहिष्कार गर्दै आएका छन ।

समितिमा १५ जना सदस्य रहेकोमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ९ जना सांसद रहेका छन । समितिको बैठकमा कोरम पुग्न ८ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्नेछ ।

सिफारिस