पाकिस्तानले लडाकु विमान खसालेपछि सयौँ भारतीय सेना भागाभाग !

दियोपोस्ट संवाददाता

काठमाडौं । पाकिस्तानी भूमिमा प्रवेश गरेका घुसफैठ गरेको भारतीय विभानलाई पाकिस्तानी सेनाले खसालेको दाबी गरेको छ ।


पाकिस्तानी सेनाले दुई वटा भारतीय विमानलाई ध्वस्त बनाएको जनाएको छ ।


मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । भारतीय सेनाको बायु सेनाको बम विष्फोटनबाट जंगलको सल्लाको रुख भाँचिएको देखिएको थियो ।

त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भने आफ्नो वायूसेनाले सिमा क्षेत्र (एलओसी) पार गरर दुई भारतीय विमान खसालेको बताएका छन् । उनले एक विमानका पाइलटलाई नियन्त्रणमा लिइएको जानकारी पनि दिएका छन् ।


पाकिस्तानी सञ्चार माध्यमका अनुसार पाकिस्तानी सेनाको प्राहारपछि १०० जना भन्दा धेरै सेनाको भागदौड मच्चिएको छ । पाकिस्तानमाथि आक्रमणका लागि तयारी भएको उक्त फौजको समुह भागदौड मच्चिएको हो ।
भारतीय मिडिया

सम्बन्धित खबर

सिफारिस