काठमाडौँ । पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार हेलिकोप्टर दुर्घटटनामा परेको छ ।
काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ । हेलिकोप्टरमा अधिकारी सहित ६ जना सवार थिए ।
एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको भनिएपनि एयर डाइनेष्टीका बालकृष्ण पण्डिनले जानकारी दिए ।
यति एयरलाईन्स मालिक आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना सवार रहेका बताइएको छ। एयर डाइनेष्टिका अपरेशन म्यानेजर पण्डितका अनुसार उद्दारका लागि अर्को हेलिकोप्टर पठाइएको भएपनि अहिलेसम्म केही जानकारी आएको छैन ।