यसकारण बार्सिलोनासँग हार्‍यो रियल मड्रिड

दियोपोस्ट संवाददाता

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले फाइनलमा प्रवेश गरेको हो ।

लुइस स्वारेजले दुई गोल गरेपछि एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई उसैको मैदानमा हराएको हो । रियलका राफायल भरानेले आत्मघाती गोल गरे ।

दोस्रो लेगको जितसंगै समग्रमा ४-१ को जितसहित बार्सिलोना उपाधि नजिक पुग्यो ।

ई बीचको पहिलो लेग १(१ गोलको बराबरीमा सकिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा भरानेले आत्मघाती गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो । त्यसपछि खेलको ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल पुरा गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।

अब बार्सिलोनाले उपाधिका लागि भ्यालेन्सिया र रियल बेटिसबीचको विजेतासंग खेल्नेछ ।

यस्तो थियो खेलको तालिका