काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान बालुवाटारमा झन्डै एक घण्टा वार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच कुराकानी भएको हो।
करिब एक घण्टा भएको भेटवार्तामा दुई शीर्ष नेताबीच टीआरसी (संक्रमणकालीन न्याय) सम्बन्धी विधेयक टुंगोमा पुर्याउनेबारे छलफल भएको बताइएको छ । यद्यपी दुई शीर्ष नेताबीच मन्त्रीहरू फेरबदल गर्ने सहमति भएको चर्चा छ ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि झन्डै एक घण्टा नै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।