गोपाल ढकाल हत्या प्रकरण : सुवालले मागेका थिए मृतककी पत्नीसँग २ लाख फिरौती

आपसी झगडापछि हत्या

दियो पोस्ट  

काठमाडौं । भक्तपुरमा १० फागुनमा मृत भेटिएका तेह्रथुमको छथर गाउँपालिका–२ का गोपाल ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरेको हो । हत्यापछि फरार रहेका सुवाल शनिबार काभ्रेको मण्डन देउपुर नगरपालिका– ६ बाट पक्राउ परेका हुन्।

१० फागुनमा गोपाल ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू भनी सूचना आएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले ढकालको शव सूर्यविनायक नगरपालिका–८ स्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो ।

प्रहरीले ढकाल र सुवालबीच आपसी झगडापछि ढकालको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको छ । सुवालले इँटा, ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ ।

सिफारिस