शालिनको पोष्टमार्टम रिपोर्टले भन्यो – झुण्डिएका कारण मृत्यु, बलात्कार भएको देखिएन

‘सुसाइड नोट’ पनि जाँच गरिदै

दियो पोस्ट  

काठमाडौं । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोख्रेल मृत फेला परेकी थिइन्।

पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको स्रोतले जानकारी दिएको छ। फागुन १२ गते बिहान बोर्डिङको होस्टलमा बालिका मृत फेला परेकी थिइन्।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै आएका थिए। त्यसपछि उनीहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरेको थियो

प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

शव पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज शिक्षण अस्पतालमा ल्याइएको थियो। डा. गोपाल चौधरीसहितकाे टोलीले पोस्टमर्टम गरेको थियो। प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला पारेको थियो। उक्त नोटमा आफूले बाँच्न नचाहेको भन्ने विवरण उल्लेख गरिएको थियो। उक्त नोट पनि परीक्षणका लागि प्रहरीले पठाएको छ।

स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो ।

यो पनि

शालिनले लेखेको भनिएको ‘सुसाइड नोट’ पनि जाँच गरिदै