
काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी बालिकाको कोठामा भेटिएको ‘सुसाइड नोट’ पनि प्रहरीले जाँच गर्ने भएको छ ।
शालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गर्ने भएको हो ।
स्काउटको डोरीमा कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया शालिन पोखरेलको शव होस्टलको कोठामा भेटिएको थियो ।
सम्भवतः उक्त सुसाइड नोटको आजै साँझसम्मा रिपोर्ट आउने प्रहरीले बताएको छ ।
यो पनि
शालिनको पोष्टमार्टम रिपोर्टले भन्यो – झुण्डिएका कारण मृत्यु, बलात्कार भएको देखिएन