ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको छ, यो नहुँदो हल्ला होः गभर्नर

दियो पोस्ट  

कामठाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनले ऋण मिनाहा हुने बजारमा हल्ला भएपनि यस्तो नहुने बताएका हुन् ।

“हामीले वित्तीय पहुँच बढाउन माइक्रोफाइनान्स अवधारणा ल्याइयो । तर, केही माइक्रोफाइनान्स अवधारणाअनुसार नचल्दा एक–डेढ वर्षदेखि तनाव बढेको छ,” उनले भने, “बजारमा अराजकता सिर्जना भएको छ । ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको छ । यो नहुँदो हल्ला हो ।”

साथै उनले गाउँ–गाउँमा बैंकिङ पहुँच बढाउन माइक्रोफाइनान्सको अवधारणा ल्याइएको बताए । केहीले त्यो अवधारणा नअपनाएको उनको भनाइ छ ।

TATA ADD

सिफारिस