एमाले अध्यक्ष ओली बालुवाटारमा

दियो पोस्ट  

ठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनीसँगै उपाध्यक्ष विष्णु पौडेल पनि बालुवाटार पुगेका हुन् । बिहान बालकोटमा सचिवालय बैठक सकिए लगत्तै नेताहरु बालुवाटार पुगेका हुन् । वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बन्ने र आजै नयाँ मन्त्रिपरिषद् गठनको तयारी भएको छ ।

सत्ता गठबन्धन भत्कियो, आजै नयाँ मन्त्रिपरिषद् गठन हुँदै

सत्ता गठबन्धन भत्किएको छ । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको नेताहरूले बताएका थिए।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दैछ । सानो आकारको मन्त्रीमण्डलले आज सपथ लिने उपाध्यक्ष पाण्डेले बताए।