चितवन बालिका मृत्यु प्रकरणः शालिनको गरियो अन्त्येष्टि

दियो पोस्ट  

काठमाडौं । चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी बालिका शालिन पोखरेलको अन्त्यष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिमा सहभागीहरुले सालिन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए ।

उनीहरुले सालिन मृत्यु प्रकरणको निष्पक्ष छानविन हुनुपर्नेमा माग गरेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन् ।

पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको छ । तर उनका आफन्तहरुले त्यसलाई स्वीकार गरेका छैनन् । मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन् ।

TATA ADD

सिफारिस