धादिङको घाटबेँसीमा बस दुर्घटना : पाँच को मृत्यु, ३७ जना घाइते

दियो पोस्ट  

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ३७ जनाको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ ।

उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २०  जनाको टोली खटिएको छ ।

सिफारिस