बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको भन्दै मिटरब्याज पीडितहरु पक्राउ (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । प्रहरीले मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा १३ जना मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिटरब्याज पीडितका वार्ता टोली संयोजक अवधेश कुशवाहसमेत रहेका छन् । कुशवाह मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्षसमेत हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले कुशवाहसहित बालवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरेको हो । हाल उनीहरुलाई प्रहरी वृत्त मालीगाउँमा राखिएको प्रहरीले जनाएको छ ।