
/f;;sf] jflif{sf]T;j sfo{qmddf ;~rf/dGqL zdf{ sf7df8f}F, & kmfu'gM ;~rf/ tyf ;"rgf k|ljlwdGqL /]vf zdf{{ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] ^@cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M rGb|snf If]qL÷/f;;
काठमाडौं । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री तोकिएकी छन् । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै, बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालका शुभकामना दिएका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन् । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् ।