शिवरात्रिको महत्व र इतिहास

दियो पोस्ट  

काठमाडौं  । आज महाशिवरात्री । देवाधिदेव महादेवको आराधना गर्ने पर्व । व्रतहरुमा महाशिवरात्री व्रतश्रेष्ठ छ । व्रतहरुको राजा पर्व महाशिवरात्री हो । भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो । हिन्दु धर्म शास्त्र अनुसार यस व्रत र दिनकोे महत्व तथा विशेषता अत्यन्त ठूलो छ । शिवरात्रीका दिन भगवान शिवलाई दूध, बेलपत्र वा जलमात्रै पनि अर्पण गर्नाले ठूलो पुण्य मिल्छ ।

भगवान शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुने धर्मगुरु व्यासाचार्य किशोर गौतमले अनलाइनपानलाई बताए । उनी भन्छन –‘ देवहरुमा श्रेष्ठ देवेश्वर नै भगवान महेश्वर अर्थात शिव हुनुहुन्छ, कल्याणकारक शिवको आराधना गर्दा अनन्त फल प्राप्ति हुन्छ । फेरि जलधारा प्रिय शिवः अर्थत शिव भगवान त जलधारा रुचाउनुहन्छ उहाँको पुजनले जीवनभर दुःख निवृत्त भई नित्य सुख आनन्द प्राप्ति हुन्छ ।’

शिवको अर्थ कल्याण हो । सारा जगत्को कल्याण सम्पूर्ण विश्वको कल्याण । कल्याणहेतु नै भगवान शिवले समुद्रमन्थन गर्दा निस्किएको कालकुट विष सेवन गर्नुभएको थियो । देवहरुको देव महादेवबारे भनिएको छ –‘वेदः शिवः शिवो वेद’ अर्थात् वेद नै शिव हो शिव नै वेद हो ।

भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट हुनु भएको रात्रि नै महाशिवरात्रि हो ।  भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा सम्पूर्ण देवी देवतादेखि विश्व जगतलाई दर्शन दिनुभएको कारण नै आज साराले भगवान शिव सम्झिएका हुन । व्यासाचार्य गौतम भन्छन – ‘भगवान विष्णु, ब्रह्मादेखि शुक्र वृहस्पति लगायत इन्द्रादि दश दिक्पाल आजको रात्रिमा भगवान शिवको आराधना गर्न आउँछन ।

सबै ग्रह पनि आजको दिन भगवान शिवको पाउमा पर्छन । ’ ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ । अर्कोतर्फ शिवरात्रिमा उत्पन्न हुने किरणको छेउछाउमात्र परे पनि महापाप नष्ट हुने स्कन्द पुराणमा उल्लेख छ । अर्कोतर्फ सनातन धर्मावलम्बीहरुका चाडपर्व रातको नामबाट नामकरण भएका चार प्रमुख पवित्र रात्रिहरु छन् ।

कालरात्रिको रुपमा नवरात्रको महाअष्टमी पर्व, मोहरात्रिको रुपमा श्री कृष्णजन्माष्टमी पर्व, सुखरात्रिको रुपमा लक्ष्मीपूजा पर्व र महाशिवरात्रि पर्व फागुन कृष्ण चतुर्दशीमा पर्ने पर्व । फागुन कृष्ण चतुर्दशीको यस दिन भगवान शिवको प्रिय दिनको रुपमा पनि लिइन्छ । यस पर्वका दिन व्रत उपवास बसी ऊँ नमः शिवाय वा नमः शिवाय यस पञ्चाक्षरी मन्त्रको जप गर्नुपर्ने व्यासाचार्य गौतम बताउँछन । उनी भन्छन – ‘ऊँ नमः शिवाय वा नमः शिवाय यति मन्त्र मात्र जप गरेपनि आजको दिनमा सर्वसिद्धि प्राप्ति हुन्छ । शिवमहापुराण, लिंग पुराणसमेतमा यसको उल्लेख गरिएकाले सबैलाई म यो मन्त्र जप्न आग्रह गर्दछु ।’

त्यसो त शिवलिंगको दर्शन वा पूजा आराधना गरिन्छ । अभिषेक गरिन्छ । लिंगपूजन वा अभिषेकबारे धर्मशास्त्रका ज्ञाता केशव आचार्य भन्छन –‘पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो ? भन्ने विषयमा विवाद भयो । विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे । त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रुपमा प्रकट भए ।

पुराणमा भनिएको छ– ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः ।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए । यो लिंग निराकार ब्रह्मको प्रतीक हो । दुवैले त्यस लिंगको पूजा गरीसकेपछि भने– ‘हे भगवान, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरुले पूजा कसरी गर्नेछन् ? यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रुपमा विभक्त भए । त्यसदिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रुपमा चल्दै आएको छ ।’

शिवरात्रिमा पशुपतिनाथ दर्शनको प्रताप 

महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ । तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा देशविदेशबाट दर्शनार्थी आउँछन् । पशुपति नाथकै दर्शन किन गर्ने त ? राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. माधव भट्टराईका अनुसार पशुपति नाथ नेपाल राष्ट्रको दीप हो । पशुपतिनाथ पशुहरुका समस्त चराचर जगतका पति हुनुहुन्छ ।

पशुत्वभावबाट मुक्ति पशुपतिनाथको दर्शनबाट मात्रै सम्भव छ । अर्कोतर्फ ४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउँछन् ।’

शिव नाम एक स्वरुप अनेक

शिवको अर्थ कल्याण हो । शिव ज्ञान , त्याग, कल्याण, राम्रो, शुभ, विद्या र बुद्धिको सर्वोच्च स्थिति हो । भगवान शिव दिगम्बर, खरानी घस्ने, बाघको छाला ओढ्ने, दुःखी दरिद्रहरुका साथमा रहने नागको माला लगाउने हुनुहुन्छ । भट्टराईका अनुसार शिव आदिदेव हुनुहुन्छ । उनी भन्छन –‘ सबै वेद शिव भगवानबारे नै उल्लेख छन । उपनिषदमा शिवतत्वको चर्चा छ । आदिदेव भएकाले शिवको सृष्टिको आदेश नै भगवानले गर्नुभएको हो । ’

शिवधुनी किन ? लोकको भाषामा भगवान शिवको शरीरमा वस्त्र हुन्न । उहाँलाई जाडो हुन्छ त्यसैले राति धुनी लगाएर ताप दिइएको हो । तर धर्मशास्त्रविद भट्टराई यसलाई स्वीकार्न तयार छैनन । उनका अनुसार भगवान शिवलाई धुनी मनपर्छ ।

शिव शरीरमा खरानी घस्नुहुन्छ । दिगम्बर खरानी खस्ने भएकाले पनि धुनी जगाएर खरानी तय गरिदिइएको हो ।’ त्यसो त सोझाहरुको नाथ भएकाले नै शिवलाई भोलेनाथ भनिन्छ भने सम्पूर्ण पशुहरुको पनि नाथ भएकाले पशुपति भनिन्छ । जहाँ शिव त्यहाँ सम्पन्नता , जहाँ शिव त्यहाँ ज्ञान र प्रसन्नता , जहाँ शिव त्यहाँ सफलता र कल्याण प्राप्ति हुन्छ ।

शिवधुनी नै किन ?


शिवरात्रिका दिन शिवधुनीमा साधकहरु मन्त्रमुग्ध हुन्छन्। व्रतालुले रातभर जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ। व्रत बस्नेले राति जाग्राम बसेपछि मात्र व्रत पूर्ण हुने भएकाले साधक रातभर जाग्राम बस्नुपर्ने उपप्राध्यापक पौडेले बताए। शिवरात्रिको दिन कम्तीमा तीन प्रहरसम्म शिवको पूजा गरिछ। ४-४ घण्टाको फरकमा पूजा गर्ने शास्त्रीय विधि छ। शास्त्रमा यस्तो लेखिएको छ–

फाल्गुणे कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका।।
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ। अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ। यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ। तर रात्रिमा जाग्राम बस्ने नाममा विष, भांग धतुरो खाएर लट्ठ हुने बानी भने धर्मका नाममा भित्रिएको विकृति हो।

यसरी भयो प्रारम्भ भयाे शिवरात्रि


पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो ? भन्ने विषयमा विवाद भयो। विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे। त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रुपमा प्रकट भए। पुराणमा भनिएको छ- ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए। यो लिंग निराकार ब्रह्मको प्रतीक हो।

दुवैले त्यस लिंगको पूजा गरीसकेपछि भने- ‘हे भगवान, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरुले पूजा कसरी गर्नेछन् ? यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रुपमा विभक्त भए। त्यसदिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रुपमा चल्दै आएको छ।

पशुपतिनाथ त हरेक हिन्दुले एक पटक दर्शनको कामना गरेरै विश्वबजारबाट आउने गरेको डा. टण्डनले स्पष्ट पारे। हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ। यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन्। हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ। भगवान शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ।

सिफारिस