सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाले आफ्ना कार्याकर्तालाइ ज्यान मार्ने धम्की दिएका छन। मंगलवार दिउँसो विवाह पार्टीमा सामेल भएर घर फर्दिदै गर्दा एक्कासी फोन गरेर लामाले काँग्रेस कार्याकर्ता उमेश पराजुलीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
लामाले पराजुलीलाई ठेक्काको बारेमा कुरा गर्दै अपशब्द, गाली गलौज र ज्यान मार्ने धम्की दिएपछि पराजुलीले बिज्ञप्ति निकाल्दै विभिन्न निकायमा उजुरी गरेका छन । “म काङ्ग्रेस पार्टीको कार्याकर्ता हो, मैले काङ्ग्रेस पार्टीमा आस्था राख्छु । म नेपाली काङ्ग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि समेत हो। तर मलाई उपसभापतिले ज्यान मार्ने धम्कि दिएको छ”, पराजुलीले भने, “मैले उहाको बारेमा केही गरेको जस्तो लाग्दैन म सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका वडा नम्बर ४ मा संचालित इलोक्ट्रो पावर कम्पनी प्रा .लि हाइड्रोपावरको आयोजना प्रमुख हुँ ।” लामाले आफ्नो मान्छेलाई ठेक्का नदिएको भन्दै ज्यान मार्ने धम्की दिएको पराजुलीले बताए ।
पराजुलीले भने, “दोर्जे लामाले बाहिरको ठेकेदार लिएर आउनु भएको रहेछ उहाँको मान्छेलाई काम दिन पर्यो भन्दै पटक पटक सम्पर्क गर्नु भयो मैले स्थानीय र प्रभावित जनताको लागि पहिला प्राथमिकता हुन्छ त्यसपछि तपाईंको मान्छेले काम गर्न सक्ने रहेछ भने सल्लाह गरेर अगाडि बढौ भन्दै जवाफ दिएको थिए ।”
पछिल्लो समय सिन्धुपाल्चोकमा आयोजनालाई गुन्डागर्दी शैलीम काम माग्ने र नदिए तर्साउने धम्क्याउने काम बढ्दै गएको कतिपय हाइड्रोपावर संचालकहरुले गुनासो गर्दै आएका छन्। यस बारेमा काँग्रेस उपसभापति लामालाइ बुझ्दा लामाले आफूले धम्की नदिएको दाबी गरे ।
उले भने, “म सिन्धुपाल्चोकको नेपाली काँग्रेसको जिल्ला उपसभापति हो । मैले आयोजनासँग स्थानीयलाई काम देउ भनेको हो । पालिका अध्यक्षले स्थानीयलाई काम दिन समन्वय गरेनन् उहाँहरुसँग जानेले काम पाउनु भयो होला । म नेता भएको हिसाबले मलाई पनि कार्याकर्ताले गुनासो गरेका छन । गुनासो सम्बोधन गर्नलाई आयोजनासँग भनाभन हुँदा हप्किदप्की गरेको हो । यसलाई अन्याथा नलिइदिनुस । मैले काँग्रेसका कार्याकर्ताले काम गर्न पाउनु पर्छ भन्दै आएको छु यसलाई आयोजनाले बुझ्न पर्ने छ।”
सभापति लामाले काँग्रेसका कार्याकर्ताले काम पाउनु पर्छ भन्दै आएको समेत बताए ।
यसैबीच समाचारकाे विषयमा अापत्ति जनाउँदै दाेर्जे लामाले खण्डन गरेका छन् ।
उनकाे खण्डन जस्ताकाे तस्तै