राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट, नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात

राष्ट्रिय प्रजातन्त्र पार्टी

दियो पोस्ट  

कामठाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो।

कार्यसम्पादन समिति बैठक खाना खाएपछि पुनः बस्ने गरी स्थगित भएको छ। बैठक स्थगित भएपछि बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर श्रेष्ठमाथि हातपात भएको हो।

कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला नेता विक्रम पाण्डेसँग भनाभन भएको थियो। बैठक स्थगित भएर बाहिर निस्कँदै गर्दा नेता श्रेष्ठमाथि आक्रमण भएको हो।