काठमाडौं । काठमाडौको टेकु दोभान देखि थापाथली सम्म रहेका पुरातात्त्विक महत्वका काठ जलाइएको छ ।
काठमाडौं महानगरपालिकाको–११ र १२ मा निर्माणाधीन २८ वटा सत्तल, मन्दिर आदीका पुरातात्त्विक काठहरू लघुवित्त पीडितहरूले जलाइका हुन् । फागुन ५ गते देशभरका लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा लघुवित्त तथा वित्तीय शोषण विरुद्ध काठमाडौं आइपुगेका थिए ।
उनीहरूलाई तीनकुने राखिने भनिए पनि जिल्ला प्रशासन कार्यालयले गौशाला स्थित सिफलमा राखिएकोले गत हप्ता मात्र शिवरात्रिमा सिफलबाट थापाथली स्थित कालमोचन घाटमा सारिएको थियो । गुठी संस्थान अन्तर्गत पर्ने उक्त क्षेत्र भूकम्पले भत्काए पछि एकीकृत अधिकार सम्पन्न बाग्मती सभ्यता अभियान मार्फत एसियाली विकास बैकको ऋणबाट निर्माणाधीन छ ।
उक्त स्थानमा रहेका २८ मन्दिर सत्तल तथा घाटमा पुन निर्माणमा भत्काइएका मन्दिरका सरचनाबाट निकालिएको महत्त्वपूर्ण काठहरू थुपारिएको थियो । यसरी सम्पदा क्षेत्रमा अनधिकृत रूपमा बसेका छन् । तर सिडिओ र गुठी संस्थान भने मौन देखिन्छ ।











