आफ्नै श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

दियो पोस्ट डेस्क  

सिरहा । सिरहामा आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ६० वर्षीया निर्मला साहको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका–६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साह रहेका छन् ।

सोही ठाउँ बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गरेका थिए । हँसियाको प्रहारबाट घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।