काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ ।
सिआइबीले उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लगेको थियो । त्यहाँबाट उनलाई काठमाडौं जिल्ला अदालत लगिएको हो ।
महरालाई संगठित अपराध कसुरमा म्याद थप गर्न पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटीले जानकारी दिए। इलेक्ट्रिक भेपमा ९ किलो सुन तस्करी गरेको प्रकरणमा उनी पक्राउ परेका हुन् ।