ओखलढुङ्गा । सुनकोशी गाउँपालिकाले महिलाहरूको शल्यक्रियाका लागि निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरेको छ । पालिका उपाध्यक्ष सुनिता अधिकारीको पहलमा यो स्वास्थ्य शिविर संचालन भएको हो ।
ओखलढुङ्गा सुनकोशी गाउँपालिकाको स्थानीय महिलाहरुलाई लक्षित गरि यो कार्यक्रम सञ्चालन गरिएको हो । पालिकामा भएका स्थानीय महिलाहरुको पाठेघर खस्ने समस्यालाई मध्ये नजर गर्दै पालिकाले ३ दिने शिविर सञ्चालन गरेको हो । यो शिविरमा स्थानीय महिलाको पाठेघर अप्रेसन सहित उपचार गरिने छ ।
पाठेघर समस्या भएका २८ जना महिलाहरूलाई अप्रेसनका लागी रुम्जाटार अस्पताल उपचार गराईएको छ । २८ जना मध्ये २ जनामा दम तथा मुटु रोगको समस्या देखिएकाले उनिहरुको अप्रेसन नगरिएको उपाध्यक्ष अधिकारीले बताएकी छन् । उपाध्यक्ष अधिकारी भन्छिन सुनकोशी गाउँपालिका भित्रका हरेक समस्याको समाधान गर्नु मेरो पहिलो कर्तव्य हो । सिमित स्रोत साधनका वावजुत यो कार्यकाल सुनकोशीको स्वर्णिम कार्यकाल वनाउने मेरो पहल हुने छ । मेरो पहिलो प्राथमिकता भौतिक पुर्वाधार मात्र होइन सामाजिक उत्तरदायित्व र जनजिवीकाका सवालमा नयाँ काम गर्न प्रत्येक दिन जनताको साथमा हुनेछु।
शिविरमा सुनकोशी गाउँपालिकाले बिरामीहरूलाई आउने जाने खर्च सहित उपचारको क्रममा अस्पतालमा रहँदा कुरुवा सहितका लागी खाने बस्नेको ब्यवस्थापन समेत गरेको उपाध्यक्ष अधिकारीले वताईन । घरेलु हिंसामा परिने डरले महिलाहरूले आङ खस्ने समस्या भित्रभित्रै लुकाएर रख्ने गरेको भएपनी पछिल्लो समय महिलाहरुमा रोग विरुद्ध परिचित हुन साहस आएको समेत अधिकारीले वताइन ।