धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन् । हमालकी जेठी छोरी आरती हमाल भारतको गोवास्थित ओशो ध्यान केन्द्रबाट सोमबारदेखि बेपत्ता भएकी हुन् ।
उनी गोवाको जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्क बिहिन भएको मेयर गोपाल हमालले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन् । आरती ओशो साधक हुन् भने उनी केहि महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।
आफ्नी छोरी बेपत्ता भएको र तत्काल खोजी कार्यमा सहयोग गरिदिन हुन मेयर हमालले आग्रह गरेका छन् । ‘हिजोदेखि मेरी जेठी छोरी आरती गोवाको जोरबा वाइब अस्विन ब्रिजबाट सम्पर्कबिहिन भएको खबर पाएका छौ । गोवामा बस्नुहुने शुभचिन्तकहरुले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’ फेसबुक स्टाटसमार्फत लेखेका छन् ।