
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकार गतिशील नभएको भन्दै मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । राजपा नेपालको हालै बसेको प्रदेशस्तरीय बैठकमा मन्त्री फेर्ने विषयमा छलफल भएको हो ।
राजपा नेपालले प्रदेश २ मा फोरम नेपालसँग मिलेर सरकार बनाएको छ । सङ्घीय सांसदमा त्यही प्रदेशका नेताले जितेका छन् भने स्थानीय तहमा पनि राजपा नेपालका प्रतिनिधिले जितेका छन् ।
वैशाखमा हुने भनिएको महाधिवेशन तयारीका लागि प्रदेशस्तरीय बैठक बसे पनि मन्त्री फर्ने विषयमाथि छलफल भएको थियो । साथै बैठकमा अध्यक्ष मण्डल भङ्ग गर्नुपर्ने, प्रदेशमाथि विभेद भएको जस्ता प्रसङ्ग पनि उठेको छ । राजपाको प्रदेश नम्बर १, २, ५ र सुदूरपश्चिममा छुट्टाछुट्टै बैठक बसेको थियो ।