शेयर बजार सामान्य २ दशमलव ०६ अंकले वृद्धि

दियो पोस्ट  

काठमाडौँ,फागुन २१ । शेयर बजार कारोबार मापक नेप्से परिसुचक आज सामान्य २ दशमलव ०६ अंकले बढेको छ ।

उत्पादन र अन्य समूह बाहेक सबै समूहको उप–सुचक बढेसँगै नेप्से परिसुचक ११ सय २ दशमलव ६४ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज १ सय ७४ कम्पनीका २२ करोड ५२ रुपैयाँ बराबरका ७ लाख ३३ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै यशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

परिसुचक सामान्य बढेसँगै आज सुर्योदय लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले साढे ६ प्रतिशत कमाएका छन् भने सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले ९ प्रतिशत गुमाएका छन् ।