
काठमाडौँ,फागुन २२ । संसद कोमल ओलीले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई सो’ मा मरे पछि डुमै राजा भने पछि दलित अधिकारकर्मीहरुले विरोध गरेका छन् ।
यो शब्दले सिंगो दलित समुदायलाई अपमान गरेको भन्दै सामाजिक संजाल मार्फत कोमल ओलीको अभिब्यक्तिको बिरोध गरिएको हाे ।
सामाजिक संजाल तथा संचार माध्यममार्फत कसैलाई होच्याउने र अपमान गर्ने खालका अभिब्यक्ति दिन नपाइने कानुनमा उल्लेख छ ।
तर कोमल ओलीले ‘मरे पछि डुमै राजा’ भनेर संबिधानकै खिल्ली उडाएको दलित अधिकार कर्मीको भनाई छ ।
संसद जस्तो मान्छेले मिडियामा अभिब्यक्ति दिँदा बिचार पुर्याउनु पर्ने र उनले आम दलित समुदायसंग माफ माग्दै अभिब्यक्ति फिर्ता लिनु पर्ने उनिहरुले बताएका छन् ।
भिडियो
यस्तो छ सामाजिक संजालमा पोखिएको असन्तुष्टि






