रेशम चौधरीलाई जन्मकैदको सजायपछि राष्ट्रिय विद्रोह शुरु गर्ने राजपाको घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन २२ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने बताएको छ । जन्मकैदको र्फैसलापछि बसेको आकस्मिक वैठकमा राजपा अध्यक्षमण्डलहरुले उक्त फैसलालाई राजपाले अस्वीकार गर्ने निर्णय गरेको हो ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसला अन्याय माथिको अन्याय भएकोले यसको विरुद्धमा राजपा लाग्ने बताएका छन् । उनले मुलुकमा राष्ट्रिय विद्रोह गर्ने घोषणासमेत गरेका छन् ।

अध्यक्षमण्डलको वैठकमा सम्पुर्ण नेताहरुले जनतको प्रतिनिधिलाई यस्तो सजाय गर्न नमिल्ने बताउँदै सम्पुर्ण मधेशी र थारु समुदाय हरु मिलेर आन्दोलन गर्ने घोषणा गरेको छ ।

सम्बन्धित खबर

सिफारिस