कपिलबस्तुमा गोली चल्यो, विप्लपका कार्यकर्ता घाईते

दियोपोस्ट संवाददाता

काठमाडौं, फागुन २३ । कपिलवस्तुमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भागेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । एनसेलको टावरमा आगजनी गर्ने संकास्पद व्यक्तिका रुपमा छानविन गर्न खोज्दा भागेपछि प्रहरीले गोली चलाएको नवलपरासीका एसपी प्रहरी उपरीक्षक अच्यूत पुडासैनीले बताए ।

प्रहरीले रोकाको शिवराज नगरपालिका वडा नं. ९ सुन्दरजाडास्थित घरमा छापा मार्न खोज्दा उनी भागेका थिए । रोका भागेपछि प्रहरीले फायर खोलेको थियो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेर घाइते भएका रोकाको बुटबल अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

हरीले अर्को घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । घटनाकाे बारेमा केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

सिफारिस