जिनेदान जिदानद्वार रियल मड्रिडको प्रशिक्षक बन्न अस्वीकार

दियो पोस्ट  

एजेन्सी । फ्रान्सेली प्रशिक्षक जिनेदान जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बन्न आएको प्रस्ताव अस्वीकार गरेका छन् ।

रियलले जारी सिजन खराब प्रदर्शन जारी राखेपछि क्लबले जिदानलाई प्रशिक्षकको प्रस्ताव गरेको थियो । तर, जिदानले रियलको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

रियलका पुर्व अध्यक्षले रामोन क्याल्डरनले बीबीसीसंगको अन्तर्वार्तामा जिदानले प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन् ।

ुमलाई थाहा छ । अध्यक्ष ९फ्लोरेन्टिनो परेज० ले जिदानले फोन गरेका थिए र क्लबमा फर्कन अनुरोध गरेका थिए,ु पुर्व अध्यक्ष क्याल्डरनले भने, ुउनले तत्काल हुन्न भनेर जवाफ दिए ।ु

गत सिजनको च्याम्पियन्स लिग जिताएपछि जिदानले रियल छाडेका थिए । जिदान हाल कुनै क्लबमा रहेका छैनन् ।

तर, पुर्व अध्यक्ष क्याल्डरनले जिदान आगामी जुन सम्म रियल फर्कन सक्ने सम्भावना रहेको समेत बताए । उनले जिदानका लागि क्लबले ढोका खुल्ला राखेको समेत बताए ।

ुपरेजले जिदानलाई जुन महिनासम्म फर्कनको लागि मौका समेत दिएका छन्,ु पुर्व अध्यक्ष क्याल्डरनले थपे ।

यस सिजन रियल उपाधिविहीन बन्ने देखिएको छ । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरिसकेको छ ।