हतियार सँगै राखेर विप्लवसँग वार्ता गर्न सकिदैन :प्रविधिमन्त्री बास्कोटा

दियो पोस्ट  

काठमाडौँ,चैत १० । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार सँगै राखेर नेत्र विक्रम चन्द नेतृत्व नेकपासँग वार्ताको कल्पना गर्न नसकिने बताएका छन् ।

नेपाल प्रेस इन्स्टिच्यूटले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले हतियार बिसाएर आएमात्रै विप्लव समूहसँग वार्ता गर्ने स्पष्ट पारेका छन् ।

बम, बारुद बोकेर आतंक फैल्याईरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै उहाँले केही संचार माध्यामहरुप्रति आक्रोश पनि व्यक्त गरेका छन् ।

मन्त्री बास्कोटाले संचार माध्यामहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैल्याउने गतिविधिलाई प्राथमिकता दिन नहुने बताएका छन् ।