सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन, अर्को निर्णय नभएसम्म कामकाजमा रोक

दियोपोस्ट संवाददाता

काठमाडौँ । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरेको जनाएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ मंसिर १२ गते जारी निर्देशन पालना नगरेको पाइएपछि निलम्बन गर्ने निर्णय गरिएको हो ।

यसअघि मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षलाई छलफलका लागि बोलाएर ऐन तथा मन्त्रालयको निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनअनुसार काम गरेको नदेखिएपछि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर स्थापना तथा सञ्चालनमा रहेको एनप्याब्सनले ऐनको दफा ५ अनुसार मन्त्रालयबाट दिइएका निर्देशन पटकपटक पालना नगरेको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको समेत पाइएको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस