अर्बन चक्रवातको प्रभावले साँझदेखि ५-१० घण्टासम्म भारी वर्षा हुन सक्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्बन’ चक्रवातको प्रभाव नेपालमा पनि देखिएको छ । यसको प्रभावले बिहीबार बेलुकादेखि नै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार चक्रवातको बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ । उक्त प्रणाली साँझतिर नेपालनजिक आइपुग्दा यसको प्रभावले करिब ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्ने देखिएको उनले बताएका छन् ।

उनले वर्षा हुने समय, स्थान र मात्रामा परिवर्तन हुन सक्ने भएकाले विशेषगरी शुक्रबार साँझ र रातिको समयमा सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै, मौसमसम्बन्धी आधिकारिक सूचना तथा अपडेट नियमित रूपमा हेर्न पनि उनले अनुरोध गरेका छन् ।

यसअघि शुक्रबार बिहानको अपडेटमा पोखरेलले आगामी ३० घण्टा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताएका थिए । विशेषगरी नदीकिनारमा बसोबास गर्ने तथा हिमाली क्षेत्रमा रहेका व्यक्तिहरूलाई बढी सचेत रहन उनले आग्रह गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस