कान्ति राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । निरन्तर वर्षाका कारण कान्ति राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै शुक्रबार र शनिबार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द गराएको हो ।

कार्यालयका अनुसार बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावका कारण जिल्लामा कात्तिक १२ गतेदेखि निरन्तर वर्षा भइरहेको छ।

निरन्तर वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रशासनले २०८३ कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति राजमार्गमा सवारी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।

सम्बन्धित खबर

सिफारिस