युरो कप छनोट : हजार्डको गोलसँगै साइप्रस २-०ले पराजित

दियो पोस्ट  

युरो कप छनोटमा बेल्जियमले साइप्रसमाथि सहज जित निकालेको छ ।

आईतबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई २–० ले हराएको हो । लण्डन क्लब चेल्सीका फरवार्ड इडेन हजार्डले बेल्जियमको जर्सीमा सयौ खेल खेले र एक गोल गर्न सफल भए । थप एक गोल मिक्की बत्सुवाईले गरे ।एजेन्सी ।

खेलको १० औ मिनेटमा डिबक्सभित्रको कठिन कोणबाट गोल गर्दै हजार्डले बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । बत्सुवाईले १८ औ मिनेटमा बेल्जियमको अग्रता दोब्बर पारे ।

विश्वकपको सेमिफाईनल खेलेको टोली बेल्जियमले अब काजकिस्तान र स्कटल्याण्डसंग खेल्नेछ ।

समुह आईको खेलमा बेल्जियमले २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साइप्रस ३ अंक सहित चौथो स्थानमा छ ।
एजेन्सी ।