बन कार्यलयका ३ कर्मचारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

दियो पोस्ट  

काठमाडौँ,चैत ११ । जिल्ला बन कार्यलय डोल्पाका ३ जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

डोल्पाका तत्कालिन वन अधिकृत राम विचारी ठाकुर र फरेष्टरद्धय रुद्रबहादुर बुढा र भीम बहादुर बुढा विरुद्द अख्तियार दरुपयोग अनुसन्धान आयोगले ४ करोड ४६ लाख ७९ हजार रुपैयाँ बराबरको बिगो सहित भ्रष्टाचारमो मुद्दा दायर गरेको हो ।

उनीहरुले सामुदायिक वन तथा राष्ट्रिय वनबाट संकलन भएको जटामसीलाई नीजी बनबाट संकलन गरी ल्याएको भनी फर्जी कागज बनाई सरकारी सम्पत्ती हिनामिना गरेको अख्तियारले जनाएको छ ।

१ लाख ८५ हजार ९ सय ९६ किलो जटामसी जिल्ला बाहिर लैजान आफैँ मुचुल्का र प्रतिवेदन तयार पारी झण्डै साढे ४ करोड रुपैयाँको नोक्सानी पुर्याएको देखिन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । उनीहरु हरेकलाई १ करोड ४८ लाख ७९ हजार विगो तोकिएको छ ।