एकै महिनामा नेता र कार्यकर्ताको नाममा १२ करोड भन्दा धेरै खर्च ,के मा कति खर्च गरे ? (विवरणसहित)

दियो पोस्ट  

काठमाडौँ,चैत ११ । सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ ।

फागुन महिनामा १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ आर्थिक सहायता सहित यो रकम खर्च गरेको हो । फागुन महिनामा सरकारले झण्डै २ करोड रुपैयाँ वैदेशिक भ्रमणमा खर्च गरेको छ । सबैभन्दा धेरै प्रधानमन्त्री स्वीजरल्याण्डको डावोसमा जाँदा एक करोड ८१ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै कृषिमन्त्री चन्द्रप्रकाश खनाल इटली जाँदा ९ लाख १९ हजार, उद्योगमन्त्री मातृका यादवको भारत भ्रमणको लागि २ लाख ६६ हजार, स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भारत भ्रमणको लागि २ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ । सबै गरेर फागुनमा १ करोड ९३ लाख ४३ हजार रुपैयाँ वैदेशिक भ्रमणमा खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले फागुनमा १८ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै पैसा रकमान्तर गरेको छ । सबैभन्दा धेरै रकमान्तर स्थानीय तहलाई गरिएको छ । समपुरक र विशेष अनुदान माग गरेका स्थानीय तहलाई ६ अर्ब ३ करोड रुपैयाँ रकमान्तर गरेर दिइएको छ ।

यस्तो छ विवरण