‘राज्यलाई २० करोड ठग्ने’ सावित्री श्रेष्ठको पति गणेशमान लामा जापान मानव तस्करीको सेटिङमा !

दियो पोस्ट  

काठमाडौं, १५ चैत्र । राज्यलाई बुझाउनुपर्ने बक्यौतामा समेत चेक बाउन्स र ठगी गर्ने गिरोहका नाइके हुन्–इन्सेन्टिभ ग्रुप अफ कम्पनिजका अध्यक्ष हरिमान लामा, गणेशमान लामा र सावित्री श्रेष्ठ ।
गत असोजदेखि उडान नै बन्द गरेर भागेको एयर एशियाबाट २१ करोडौँ रुपैयाँ लिएर यता राज्यलाई बुझाउनु पर्ने बक्यौतामा भने रकम नै नभएको चेक र चेक नै गायव पार्ने यो समुहबारे महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।


एयर एशियाको नेपाल स्थित जेनरल सेल्स एजेन्ट (जीएसए) कम्पनी इन्सेन्टिभ ग्रुप अफ कम्पनीले बक्यौताबाफत पटकरपटक बुझाएका १२ वटा चेक बाउन्स र १० वटा हराएको खबर सार्वजनिक भएपछि अख्तियारले छानबीन थालेको थियो । यता चेक र भौचरबापत बुझाइएको १० करोड २९ लाख रकम विमानस्थलको खातामा जम्मा नभएको देखिएपछि विमानस्थल व्यवस्थापनले प्रहरीमा उजुरी दिएको थियो ।


यसबारे काठमाडौं प्रहरी परिसरले सरकारी रकम असुलउपर तथा बाउन्स चेकको ठगीमा अनुसन्धान गरिरहेको बेला एक पात्र गत माघमा प्रहरी परिसर पुगेका थिए । उनी ईन्सेन्टिभ ग्रुप अफ कम्पनिका अध्यक्ष हरिमान लामाका भाई गणेशमान लामा थिए। हरिमान लामा फरार भएको भन्दै उनका भाई गणेशमान लामाले प्रहरी परिसरका डिएसपी होविन्द्र वोगटीसँग भनेका थिए,‘ समय दिनुपर्यो , पैसा तिर्छु ।’

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र वोगटीका अनुसार हरिमान लामा अहिले पनि फरारकै सुचीमा छन् । उनी विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । गत माघमा चेक बाउन्सको पैसा बुझाउँछु भनेका भाई गणेशमान लामाले पनि अहिलेसम्म पुरा पैसा बुझाएका छैनन् ।

उनै गणेशमान लामा यतिबेला अर्को दाउमा लागेको खुलाशा भएको छ । जापानको ओसाकास्थित हिबिकु कम्पनीको नेपाली प्रतिनिधि बताउँदै उनी अध्यक्ष रहेको आईसीजि टेक्नोलोजीले जापानमा मानव तस्करीकाे सेटिंग मिलाउन थालेकाे थाहा भएकाे छ ।


राजधानीको दरबारमार्ग स्थित उत्तर ढोकामा रहेको उक्त कार्यालयबाट अत्याधिक मात्रामा मातवतस्करीको सेटिङ हुने गरेको स्रोतले बताएको छ ।


गत फागुनमा नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) र जापानको ओसाकास्थित हिबिकु कम्पनीबीच विद्यार्थीरूलाई जापानमा क्षमता वृद्घि र बौद्धिक विकासका लागि लैजाने सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झाैतामा हस्ताक्षेर गर्दै गणेशमान लामा

हिबिकुका अध्यक्ष सिनिचिरु यामानोको नाम दुरुपयोग गर्दै लामाले जापानमा मानव तस्करीको सेटिङ गरेको बताईन्छ ।

लामाकी पत्नि सावित्री श्रेष्ठ ओखलढुङगाको लिखुखोला किनारमा माओवादी युद्धकालमा मारिएका उज्जन कुमार दिदि हुन् ।

माओवादी कार्यकर्तालाई जेल हाल्न विदेशी विचौलीयाबाट प्रयोग भएकी सावित्रीलाई गत असोजमा कर्जा सुचना केन्द्रले समेत कालोसुचीमा राखेको थियो ।


यसअघि अमेरिकनहरुले माओवादी युद्धका हतियार व्यवस्थापनका लागि मलेशियाको एयर एशिया मार्फत नेपाली विचौलियालाई लगानी गरेको बताईन्छ ।


आफ्नो मिसन पुरा भएपछि एयर एशिया फर्र्किएको समेत उच्च अधिकारीबीच चर्चा हुने गरेको छ ।

त्यसो त मलेशियालाई अमेरिकाको कटपुतली राष्ट्रको रुपमा समेत प्रचार गर्ने गरिन्छ । ‘अमेरिकन एजेन्सीले सावित्रीलाई करोडौँ लगानी गरेको थियो । त्यो लगानी माओवादी कार्यकर्तालाई जेल हाल्ने योजनाका लागि थियो,’ अमेरिकन मिसन सम्बन्धि एक खोज अनुसन्धानकर्ताले भने,‘बालकृष्ण ढुङ्गेललाई ओखलढुङ्गेली जनताको साथ सहयोग आश्चर्य लाग्दो देखियो । तीनै मान्छेलाई मुख्य अभियुक्त बनाइयो । यो घटनामा पनि विदेशी लगानी र प्रभाव थियो ।’

सावित्रीले आफ्ना पति गणेशमान लामा मार्फत विदेशी लगानीको सेटिङ मिलाएको समेत बताइन्छ । तर, नेपाल सरकारलाई नै ठगी गर्न थालेपछि सरकारले भने उनीहरु विरुद्ध के कस्तो कारबाही गर्ला हेर्नै बाँकी छ ।


गणेशमान दाजुको ठगी धन्दालाई सेटिङ मिलाउने प्रमुख पात्र हुन् । सरकारलाई बुझाउनु पर्ने करिब २१ करोड रकम मध्येको चेक बाउन्समा मुद्दा चलिरहेको भएपनि लामाको ठगीधन्दा रोकिएको छैन ।


उनकै निकटहरु लामालाई ‘राष्ट्रिय ठग, नाटवरलाल र विदेशी एजेन्ट’ को संज्ञा दिन्छन् ।