काठमाडौं, चैत १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्का विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सरकारी सेवामा बढुवा हुन भारतबाट आईए तहको नक्कली शैक्षिक योग्यताको प्रमारणपत्र पेश गरेको अभियोगमा आयोगले आज खड्का विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
खड्काको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा खड्काले सरकारी सेवामा बहाल रही लाभ लिएको खुल्न आएकोले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।