काठमाडौँ,चैत १६ । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ ।
शुक्रबार र सनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो ।
९ सय मेघावट अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैकबाट ८ सय १२ दशमलब ६१ करोड , नबिल बैकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त हस्ताक्षर भएको छ । त्यसैगरी माथिल्लो त्रिशुलि १ हाईड्रो पावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ ।
चिनको दुई कम्पनीले १ सय ६४ मेघावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरि संझौता पत्रमा हस्ताक्षर गरेका छन् । सिमरालाई विशेष आर्थिक क्षेत्र बनाउनका लागि लगानी बोर्ड र इन्टरनेशसन फाईनान्स कर्पोरेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
त्यसैगरी सौर्य उर्जामा लगानी गर्ने गरि प्रदेश २ का मुख्य मन्त्री लाल बहादुर राउत र सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सिन्सियर कन्सल्टीङ कम्पनी लिमिटेड र हिमालय बुटिक भिलेज रिसोर्ट बनेपा बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका औद्योगिक विकासका लागि एनआएनका तर्फबाट १० अर्ब को सहयोग सम्झौतामा पनि उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र एनआर एन एका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मुथुट फाईनान्स इण्डिया र युनाईडेट फाइनान्स लिमिटेड बीच लगानीका लागि सम्झौता भएको छ । एपी पावर कम्पनी लिमिटेड र कडेल ग्रुप अफ कम्पनीबीच, सोलार, जलविद्युत् र वीन्ड प्रोजेक्टका लागि सम्झौता भएको छ ।
संयुक्त लगानीका आयोजनाका लागि चौधरी ग्रुप र सरार्फ गु्रुपबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ । ६ सय मेघावाट सौर्य उर्जाका लागि स्काई पावर र चौधरी ग्रुपबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी चौधरी ग्रुप सिजी कोर्प ग्लोबल टर्कीको कम्पनी टर्क सेलबीच ५ जी मोबाईलका सम्झौता भएको छ ।