g]kfn sDo'lgi6 kf6L{ -g]skf_sf cWoIf Pj+ k"j{ k|wfgdGqL k'iksdn bfxfn k|r08Ú nufgL ;Dd]ng ;dfkg ;df/f]xnfO{ ;Daf]wg ub}{ . t:jL/ gjLg kf}8]n÷/f;;. sf7df8f}F
काठमाडौँ,चैत १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।”
लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले नेपालमा लगानी गरेर उच्च प्रतिफल हासिल गर्नसमेत आग्रह गर्नुभयो । राजनीतिक स्थायित्वले लगानीकर्तालाई विश्वास दिलाएको उल्लेख गर्दै उहाँले सबै प्रकारको सुधारबाट लगानीमैत्री वातावरण बनाइएको र निर्णय प्रक्रियालाई सहज बनाइको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले प्छिल्ला दिनमा व्यवस्थापन तथा बजारीकरणमा नवीन प्रयास गरिएको, सरकारले दर्जनौँ सुधारको काम गरेको र लगानीका लागि सहज बनाइएको तथा समस्यारहित वातावरण बनाइएको बताउनुभयो । यस्तै सम्मेलनले पनि नेपाल आकर्षण लगानी गन्तव्य हो भन्ने संस्थागत गरेको र लगानीका लागि योग्य स्थान हो भन्ने तथ्य स्थापित गरेको उहाँको दावी गर्नुभयो ।
नेपालको जनशक्ति, प्राकृतिक स्रोत तथा साधनले लगानीकर्तालाई सहज वातावरण बनाएको स्पष्ट पार्दै उहाँले छिमेकी देशसँग गरिएको शुल्करहित भन्सार प्रक्रियाले पनि थप सहजीकरण गरेको बताउनुभयो । दक्षिण एशियामै पर्यटन क्षेत्रका लागि महत्वपूर्ण स्थानमा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “मनोरम प्राकृतिक सुन्दरताका कारण पनि नेपाल लगानीका लागि थप योग्य छ ।” बौद्धिक सम्पत्तिको संरक्षणमा पनि पछिल्ला दिनमा सरकारले जोड दिइएको अध्यक्ष दाहालको भनाइ थियो ।
ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा लगानीका लागि महत्वपूर्ण अवसर प्राप्त भएको स्पष्ट पार्दै उहाँले सबै प्रकारका लगानीकर्तालाई खुला हृदयका साथ लगानी गर्न आग्रह गर्नुभयो । सार्वजनिक निजी क्षेत्र साझेदारीले पनि लगानीकर्ताका लागि सहजीकरण गरेको र विदेशी लगानीले आन्तरिक लगानीलाई समेत थप अभिवृद्धि गर्ने उहाँको भनाइ थियो । नेपालको आफ्नै विशिष्टतामा शान्ति प्रक्रिया सम्पन्न भएको र त्यसको ऐतिहासिक महत्व रहेको समेत अध्यक्ष दाहालले सम्मेलनलाई जानकारी गराउनुभयो । (रासस)