Accident by car driving.
ओखलढुंगा, चैत १७ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ थाक्लेमा भएको स्करपियो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको हो ।
सोलुखुम्बुको जुनबेँसीबाट काठमाण्डौका लागि छुटेको बा १६च २२०७ नम्बरको स्करपियो आइतबार सिद्धिचरण राजमार्गको ओखलढुंगा घुर्मी सडक खण्डको थाक्लेको भीरबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङ्गोलाका मिङ्मा शेर्पा र उनकी श्रीमती डोमा शेर्पा, काठमाण्डौको बौद्धस्थित नयाँवस्तीका नोर्बू शेर्पा, ङावाङ शेर्पा, साङ्गेला शेर्पा, नुमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए ।
दुर्घटनामा घाईते भएका ३ जनामध्ये काठमाण्डौ नयाँवस्तीका कुङ्सिङ्गे शेर्पाको उपचारका त्रलममा काठमाडौंमा ज्यानगएको छ । काठमाण्डौ बौद्धका ३० वर्षीय कृष्ण श्रेष्ठ र ९ वर्षीय बालक मिङ्मा शेर्पाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।