बिदाका दिन पनि स्वास्थ्य मन्त्रालयको १८ विभाग खुल्ला : कोरोना रोक्न कुन–कुन कार्यालय खुला ?

दियो पोस्ट  

काठमाडौं, ८ फागुन । कोरोना भाइरस (कोभिड १९)को प्रकोप फैलिएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको छ ।

त्यति मात्रै होइन छोटो र मध्यम दूरीका यातयात बाहेक लामो दूरीका सबै यातयाद बन्द गर्ने जनाइएको छ । यता स्वास्थ्य मन्त्रालयले भने अत्यावश्यक सेवा अन्तगर्तका आफ्ना कार्यालय विदाको दिनमा समेत खुला राख्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार ती निकायहरुलाई पत्राचार गर्दै विदाको समयमा समेत कार्यालयमा हाजिर हुन भनेको हो ।


विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ रोगको संक्रमण नेपाल भित्र रोक्ने कार्य व्यवस्थापनका लागि परिचालन हुनका लागि काठमाडौं उपत्यका भित्र रहेका १८ निकायलाई विदाको दिनमा पनि क्रियाशिल गर्ने सचिव स्तरको बैठकले निर्णय गरेको हो ।


यी हुन् बिदाको दिन खुल्ने स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालय