बुटवलमा लकडाउन अवज्ञा गर्ने दुईजना प्रहरी नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौँ, चैत ११ । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारि गरेको लकडाउन उल्लंघन गर्ने बुटवलका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान ६ बजे देखि लागु गरिएको लकडाउन अवज्ञा गर्दै बुटवलमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान लु २६ प ५६५२ नम्बरको मोटरसाइकलमा हिँडिरहेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु चढेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको अवधीभर अत्यावश्यक कामकाज बाहेक घरबाट ननिस्कनका लागि सरकारले उर्दी जारि गरेको छ । जनताकै सुरक्षालाई मध्यनजर गरेर लागु गरिएको लकडाउन अवज्ञा गर्नेलाई ६ महिनासम्म कैद सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।