कोरोना जोखिम सामना कोषमा सहयोग गर्न चाहनुहुन्छ ? यसरी गर्नुहोस्

दियो पोस्ट  

काठमाडौँ, चैत ११ । कोरोनाभाइरसको जोखिम न्युनिकरणका लागि सरकारले कोष नै खडा गरेको छ । कोरोना बिरुद्ध लड्नका लागि सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सहयोगको अपिल पनि गरेको छ । कोरोनाभाइरस संक्रमण रोकथाम उच्चस्तरीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले गठन गरेको उक्त कोषमा करोडौं सहयोगको प्रतिबद्धता गरेका छन् ।

सरकारले सम्पुर्ण सरकारी कर्मचारीहरुलाई कोषमा अनिवार्य रुपमा सहयोग गर्नुपर्ने नियम नै लागु गरेको छ । यसअनुसार अधिकृत र उपसचिवसरहका कर्मचारीको ५ दिन, सोभन्दा तल्लो तहका कर्मचारीको ३ दिन र त्योभन्दा माथिल्लो तहका कर्मचारीहरुको ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

कोषमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ महिनाको तलब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । त्यस्तै उपराष्ट्रपति र प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुले पनि कोषमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

उक्त कोषमा सहयोग गर्नका लागि राष्ट्रिय वाणिज्य बैँकमा खाता खुलाइएको छ । सोमबारमात्रै खुलेको उक्त खातामा जुनसुकै माध्यमबाट पनि सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था बैङ्कले मिलाएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर १९६०००००११०१ मा उक्त सहयोग रकम जम्मा गर्न सकिन्छ ।

सिफारिस