कोरोनाभाइरसबिरुद्ध लड्न रोनाल्डोद्धारा एक मिलियन युरो सहयोग

कोरोनाभाइरसबिरुद्ध लड्न रोनाल्डोद्धारा एक मिलियन युरो सहयोग

एजेन्सी, । पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले बुधबार कोरोनाविरुद्ध लड्न सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई एक मिलियन युरो सहयोग गरेका हुन् ।

उनीहरुले सहयोगले बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिद गरिने बताइएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसले अहिले युरोपमा महामारीको रुप लिएको छ ।

Trending News