धादिङ्गमा भारतबाट फर्केका ९ जनालाई क्वारेन्टाइनमा राखिने

धादिङ्गमा भारतबाट फर्केका ९ जनालाई क्वारेन्टाइनमा राखिने

धादिङ्ग, चैत १२ । धादिङ्गमा भारतबाट फर्केका ९ जना नेपालीलाई क्वारेन्टाइनमा राखिने भएको छ । बुधबार जिल्ला अस्पताल धादिङ्गले एक सुचना सार्वज्निक गर्दै भारतबाट फर्केका नागरिकहरुलाई २ हप्तासम्म क्वारेन्टाइनमा राखिने जानकारी दिएको हो ।

बुधरबार फिभर क्लिनिकमा आएका २४ जना बिरामीमध्य ९ जना भारतबाट आएको अस्पतालले जनाएको छ । उनिहरु कोहीमा पनि कोरोनाभाइरस (कोभिड–१९) को लक्षण भने नदेखिएको बताइएको छ । लक्षण नदेखिएपनि भारतबाट फर्केका ९ जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जिल्ला अस्पताल धादिङ्गका सुचना अधिकारी बिक्रम बिकले जानकारी दिए ।

धादिङ अस्पतालले निर्माणाधिन वन कार्यलयको भवनमा क्वारेन्टाइन निर्माण गरेको छ ।

Trending News