काठमाडौँ, चैत १२ । भारतको मध्य प्रदेशमा पत्रकारलाई नै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथले पदबाट राजिनामा गर्न आयोजित गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका पत्रकारलाई नै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
आफूले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका छन् ।
पत्रकार सम्मेलनमा दुई सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ती पत्रकारहरू क्वारेन्टाइनमा गए नगएको स्पष्ट भइसकेको छैन ।
भारतमा ५६२ जनामा कोरोना देखिएको छ भने १० जनाको ज्यान गइसकेको छ ।