काठमाडौं । चेक बान्स मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ घर भएका ३६ वर्षिय श्याम सुन्दर घिमिरे रहेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।
पक्राउ परेका घिमिरेलाई उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
कैद भुक्तान नगरी फरार रहेका उनलाई महासाखाले पक्राउ गरि जिल्ला अदालत काठमाडौंलाई बुझाएको छ ।