काठमाडौं । इजिप्टमा पिरामिड निर्माण भइरहेका बेला भारत र पाकिस्तानको सीमा आसपास इन्दुस उपत्यकामा संसारको एउटा मानव सभ्यता हुर्किरहेको थियो । त्यहि सभ्यताभित्रै हुर्किरहेको शहर भित्रको व्यवस्थित ढल प्रणाली, आकर्षक कलाकृति र अन्य रचनाहरुले सबैको मन लोभ्याउथ्यो ।
झन्डै ९ सय वर्ष लामो खडेरीले त्यहाँको शहरी क्षेत्र खाली गरायो र त्यहाँको जनसंख्यालाई गरिबीमा परिणत गर्दै त्यहि गंगाको किनारतर्फ धकेल्यो । हाल त्यहि शहरभित्र सोहि प्रकृतिको कथा फेरी दोहोरिने संकेत स्पष्ट छ । यो कथा हो भारतको ठुलो शहर, बैंङलुरुको । जुन दक्षिण भारतको कर्नाटक राज्यमा अवस्थित छ ।
भारतको सिलिकन भ्याली र टेक हक भनेर चिनिने भारतको बैंङलुरु शहर यतिबेला चरम खडेरीसँग जुधिरहेको छ । खानेपानीको अभाव झेलिरहेको छ । पानी अभावको कारण ठुल्ठुला टेक व्यवसायिहरु शहर छोडिरहेका छन् । भुमिगत पानीमा निर्भर उक्त शहरभित्रका आधाभन्दा बढि इनार सुकिसकेका छन् । गत वर्ष शहरमा पानी नपर्दा इनार र भुमिगत पानी सुकेको र यतिबेला शहरबासीहरु ट्यांकरको पानीमा निर्भर रहेको भारतिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
छिमेकी राज्य केरला जसले वर्षायामको अधिकांश पानी जम्मा गर्छ र सबै पानी कर्नाटक राज्यको बैंङलुरु पुग्न पाउदैन । सबै पानी बैंङलुरु नपुग्दा हिउँद र सुख्खायाममा खडेरीको समस्या देखा पर्छ । भारतिय मिडिया टाइम्स अफ इन्डियाकाअनुासर पानीको समस्याबाट जोगिन केरलाका मुख्य मन्त्रीले बैंङलुरुमा रहेका ठुल्ठुला टेक कम्पनीलाई आफ्नो राज्यमा स्थानान्तरण गर्न पत्राचार समेत गरेका थिए भने कम्पनीहरुले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका थिए ।
उसो त पानीको संकट झेल्ने दक्षिण भारतका केहि राज्यविच पानीको वितरणलाई लिएर दशकौंदेखि विवाद उत्पदन्न भइरहन्छ । शहरी क्षेत्रको बढ्दो जनसंख्या र जलवायु परिवर्तनले खडेरी र मनसुन सिजनलाई बढि प्रभावित पारिरहेको छ ।
दक्षिण भारतमा हिमालयन क्षेत्रबाट उपलब्ध गराउने जलभण्डारण अभाव छ । जसका कारण प्राय पानीको अभाव झेल्नुपर्छ । बैंङ्लुरु मात्र नभई तामिलनाडु राज्यको चेन्नाईमा पनि सन् २०१९ मा पानीको संकट उत्पन्न भएको थियो । यति मात्र नभई तेलंगना राज्यको राजधानी हैदरावाद शहर पनि चरम खडेरीबाट गुज्रिरहेको भारतिय मिडियामा खबर छ ।
पानी संकटसँग जुधिरहेका घरधुरीले हाल भारतको ७ प्रतिशत पानी मात्र उपभोग गर्छन् भने बाँकी ८५ प्रतिशत भन्दा बढि पानी सिँचाईको लागि प्रयोग हुन्छ । पानी अभावको कारण सर्वसाधारणदेखि ठुल्ठुला कम्पनीहरुमा काम गर्ने कर्मचारीको धारामा पानी आउन छोडेको छ । पिउने पानीको समेत चरम अभाव भइरहेको छ ।
दी इकोनोमिक टाइम्सबाट अनुवादित अंश