काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। प्राप्त जानकारी अनुसार पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाटै नियन्त्रणमा लिएको हो।
उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।